बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

चीनले दिँदै आएको नर्सिङ छात्रवृत्ति कोटा रद्द

शनिबार, भाद्र २ २०७५

२ भदौ, काठमाडौं– चीन सरकारले उपलब्ध गराउँदै आएको नर्सिङ छात्रवृत्ति कोटा रद्द भएको छ । अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिले आफ्नो मान्छे पठाउन नपाएपछि कोटार रद्द गरेको आरोप नेपाल नर्सिङ संघले लगाएको छ ।

चीन सरकारलाई दुवै मन्त्रालयले पत्र पठाएर यही वर्षबाट कोटा रद्द गरिएको जानकारी गराएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

नेपाली नर्सहरूको क्षमता र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सन् २०१७ देखि पाँच वर्षका लागि एमएसी ९मास्टर० अध्ययन गराउन नर्स लैजाने सम्झौता भएको थियो ।

दुई देशका सरकारबीच सन् २०१७ देखि २०२१ सम्म प्रत्येक वर्ष २५—२५ जना नर्स लैजाने सहमति थियो । तर, सम्झौताको एक वर्ष बित्न नपाउँदै अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयले कोटा रद्द गरेका छन् ।

नेपाल नर्सिङ संघकी पूर्वअध्यक्ष तारा पोखरेलले कोटा रद्द हुनु दुःखद भएको बताइन् । कोटा रोकिएपछि कसरी पुनः सम्झौता अगाडि बढाउने भन्नेबारे चीन सरकारसँग संघले छलफल गरिरहेको उनले बताइन् ।