बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

वाजपेयीको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्र मन्त्री ज्ञवाली र कांग्रेस उपसभापति निधि भारत प्रस्थान

शुक्रबार, भाद्र १ २०७५

काठमाडौं भदौ, १–
भारतीय पूर्व प्रधानमन्त्री अटल विहारी वाजपेयीको अन्त्येष्टिमा सहभागी हुन नेपाल सरकारका  परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली भारत पुगेका छन् ।  दक्षिण एसियाका राष्ट्रका तर्फबाट हरेक प्रतिनिधि जाने निर्णय अनुसार मन्त्री ज्ञवाली भारत पुगेका हुन् । आजै अपराह्न नयाँ दिल्लीमा हुने अन्त्येष्टिमा भाग लिएर पररष्ट्रमन्त्री ज्ञवाली भोलि शनिवार  स्वदेश फर्कने कार्यक्रम रहेको  परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यसैगरी,  प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका तर्फबाट उपसभापति विमलेन्द्र निधि पनि  वाजपेयीको अन्त्येष्टिमा सहभागी हुन भारत पुगेका छन् । 
वाजपेयीले दक्षिण एसियाले विशेष प्राथमिकता दिएर हेर्ने गरेको छ । 
वाजपेयीको अन्तिम संस्कारमा सहभागी हुन दक्षिण एसियाका देशका प्रतिनिधिहरु भारत पुग्ने क्रम जारी रहेको बताइएको छ । पाकिस्तानबाट कानुन तथा संचार मन्त्री अलि जाफर पनि भारत पुग्दैछन् ।