बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

महालक्ष्मी बिकास बैंकद्वारा साना तथा मझौला कर्जा योजना सुरु

सोमबार, साउन २८ २०७५

काठमाडौं साउन, २८–
महालक्ष्मी बकास बैंकले ग्राहकवर्गको आवास, शिक्षा तथा अन्य आवश्यकतालाई सहजताका साथ पुरा गर्ने उद्देश्यले महालक्ष्मी घर कर्जा, महालक्ष्मी शैक्षिक कर्जा तथा महालक्ष्मी साना तथा मझौला कर्जाको सुविधा ल्याएको छ । मानिसहरुको घरघडेरी जोड्ने तथा उच्च शिक्षा हाँसिल गर्ने सपना केवल पुँजीको अभावमा पुरा हुन नसकेको कुरालाई मध्यनजर गरी बैंकले उक्त योेजनाहरु ल्याएको हो । 
सो योजनामार्फत ग्राहकहरुले घर कर्जामा पाँच लाख देखि पाँच करोड सम्मको कर्जा र शैक्षिक कर्जामा पाँच लाख देखि एक करोड सम्मको कर्जा प्राप्त गर्न सक्नेछन । उल्लेखित कर्जाहरु मात्र वार्षिक १२ दशमलव ९९ प्रतिशतको सर्वसुलभ ब्याजदरमा प्राप्त गर्न सकिने छ भने उक्त कर्जा बैकका सम्पूर्ण शाखाहरुबाट उपलब्ध हुनेछ । २० वर्ष सम्मको अधिकतम अवधिको किस्तामा उपलब्ध हुने महालक्ष्मी घर कर्जा अन्तर्गत, ग्राहकले आवासीय जग्गा, तयारी घर वा अपार्टमेन्ट खरिद, घर निर्माण वा मर्मत सम्भार गर्न सक्नु हुनेछ । यो सुबिधा अन्तर्गत कर्जा स्वाप गर्न पनि सकिने छ ।
महालक्ष्मी शैक्षिक कर्जामा भने स्वदेश वा विदेशमा अध्ययन गर्न चाहने विद्यार्थी वर्गले आफ्ना लागि वा अभिभावकले आफ्ना बालबच्चाका लागि उल्लेखित कर्जा लिन सक्नेछन् । यस कर्जा अन्तर्गत पहिलो पाँच वर्षसम्म ब्याज मात्र बुझाए पुग्नेछ ।
देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा  ७३ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकको ग्राहक संख्या ४ लाख ४० हजार भन्दा बढि रहेको छ ।