काठमाडौं – झापाको कनकाई नगरपालिका–८ सितल चोकमा ग.१ च ३२४८ नम्बरको बोलेरो र प्र.१–०१–०१३ प १४१७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक कन्काई नगरपालिका–४ बस्ने ५४ वर्षीय देबराज सुबेदीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
डडेल्धुराको अमरगढी नगरपालिका–१ स्याउलेस्थित सडकमा से.५ प २८०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक बैतडी पाटन नगरपालिका–१ बस्ने ५८ वर्षीय खगेन्द्र पन्तको घटनास्थलमै मृत्यु भएको छ ।
धनुषाको मिथिला नगरपालिका–५ कुसहवा चोकमा प्र.२–०४–००१ प ३२४३ नम्बरको स्कुटरको ठक्करबाट साइकलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी २४ वर्षीय पुरूषको गएराति मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको ढल्केबर अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।