बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

लक्ष्मी बैंकको ९६ औँ शाखा काठमाडौंको मनमैजुँमा

मंगलबार, साउन २२ २०७५

काठमाडौं साउन, २२–
लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आज काठमाडौं उपत्यका भित्र आफ्नो १८ औं शाखाको रुपमा काठमाडौंको मनमैजुँमा नयाँ शाखा संचालनमा ल्याएकोे छ । यो शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाप्रदानगर्नुका साथै साना तथा लघु व्यवसायीहरु तथाविशेषगरी कृषि व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ । 
यस नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४६ जिल्लामा ९६ शाखा, ३ हस्पिटल सेवा काउन्टर, १०६ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवाअझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, विमा लगायतक ावित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा बजारहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दे आएको छ । यस शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।
सन् २०१२ देखि सञ्चालनमा आएको बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ५९ शाखाहरु मार्फत विभिन्न जिल्लाहरुमा हाल कूल रु २.६ अरब भन्दा माथिको लघुकर्जा सुविधा प्रदान गरेको छ । साथै बैंकको सहायक कम्पनी लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले सन् २००९ देखि नेपाल धितोपत्र बोर्डबाट इजाजत लिई विभिन्न मर्चेन्ट बैंकिंग सेवाहरु सञ्चालन गर्नुका साथै बैंकको प्रवद्र्धनमा लक्ष्मी भ्यालु फण्ड १ र लक्ष्मी इक्वििटि फण्ड नामक म्युचुअल फण्ड योजनाहरु सञ्चालनमा ल्याएको छ ।
आ.व. २०७४/७५ मा रु. ६७ं.७४ अरब निक्षेप र रु. ६२ अरब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार रु .८१.३३ अरब रहेको छ । यसका साथ साथै संपूर्ण वित्तीय सूचकहरु नियामक व्यवस्था अनुरुपनै राम्रो अवस्थामा रहनुका साथै भविष्यको लागि उत्साहजनकरुपमा रहेका छन् ।