बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राप्रपा प्रजातान्त्रिक सरकारविरुद्ध सडकमा ओर्लियो

बुधबार, साउन १६ २०७५

काठमाडौं साउन, १६–
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । सरकार सर्वसत्तावादी भएको, कर वृद्धि गरेको, मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको, निरंकुशता लादेको आरोपसहित बुधबार सो पार्टीले प्रदर्शन गरेको हो । 
पार्टीको उपत्यका समन्वय समितिको आयोजनामा काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो । राप्रपा प्रजातान्त्रिकले विजुलीबजारदेखि माइतीघरसम्म र्‍यालीसमेत निकालेको थियो । उक्त र्यालीमा  पार्टी अध्यक्ष पशुपतिशम्शेर राणा, केशरबहादुर विष्ट, दीपक बोहरा, सुनील थापालगायत नेताहरुको सहभागीता रहेको थियो ।