बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सरकारले संविधान संशोधन गर्नेमा राजेन्द्र महतोको विश्वास, सरकारलाई दिएको समर्थन फिर्ता नहुने ठोकुवा

सोमबार, साउन १४ २०७५

काठमाडौं साउन, १४–
राष्ट्रिय जनता पार्टी नेपालले ओली सरकारलाई दिएको समर्थन फिर्ता नलेनिे जनाएको छ । राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिने प्रष्ट पारेका हुन् । 

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतोले संविधान संशोधन हुनेबारे आफूहरुको विश्वास र भरोसा सरकारप्रति रहेको दावी गरे । 
उनले यो सरकार दुई तिहाईको भएको भन्दै संविधान संशोधनको लागि सरकारले पहल गर्नेमा आशा समेत व्यक्त गरे । 
यदि सरकारले संविधान संशोधन नगरे त्यसको दबाई गर्न पनि आफूहरुले जानेको महतोको भनाई छ ।  अध्यक्ष मण्डलका सदस्य महतोले थपे, ‘अहिले नै दबाई गर्ने बेला भएको छैन ।’

मधेश आन्दोलन ताका नेता तथा कार्यकर्तालाई लगाइएको झुठा मुद्दा फिर्ता, बन्दी रिहाई गर्न पनि सरकारलाई दबाव दिएको उनले बताए ।

रेशम चौधरीलाई सांसदको प्रमाणपत्र बुझ्ने वातावरण नबनाएको भन्दै महतोले सरकारको भनाई र गराई फरक रहेको जनाए ।