बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कर्मचारीलाई जनताका सेवक भएर काम गर्न प्रधानमन्त्री ओलीको निर्देशन

बिहिबार, साउन १० २०७५

 

ललितपुर साउन, १०–
प्रधानमन्त्री केपी शर्मा ओलीले सबै कर्मचारीमा जनताका सेवक हौं भन्नु भावना हुनु पर्ने बताएका छन् । 
 प्रशासन सेवा सामान्य प्रशासन समुहका नवनियुक्त अकिृतहरुलाई आधारभुत प्रशासनिक प्रशिक्षण समापन समारोहलाई  आज जावालाखेलमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । 
 नवनियुक्त अधिकृतहरुलाई प्रधानमन्त्री ओलीले सृजनात्मक क्षमता प्रदर्शन गरेर काममा अब्बल हुन निर्देशन दिएका छन् । ‘तपाईंहरुले एउटा परीक्षा पास गर्नु भयो तर अब वास्तविक परीक्षामा सहभागी हुदैहुनुहुन्छ’ प्रधानमन्त्री ओलीले भने । ‘तपाईंहरुले कार्यक्षेत्रमा गएर जनतालाई कतिको सन्तुष्ट पार्न सक्नुहुन्छ ,पादर्शी सेवा दिनुहुन्छ कि दिनुहुन्न ? तपाईंको इमान्दारिता रहन्छ कि रहदैन ? यी सबै कुरामा तपाईंहरु पास हुनुपर्दछ ।’
 प्रधानमन्त्री ओलीले अधिकृृतहरुलाई देशलाई राम्ररी अध्ययन गर्न र चिन्न पनि आग्रह गरेका छन्  । ‘देश भनेको हिमाल पहाड र तराइ मात्र होइन’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘देशभित्र समाज छ,विभिन्न जातजाती छन् । धर्म संस्कृति छन् । ति सबै कुराको जानकारी राख्नु पर्दछ ।’
नेपालीका पुर्खा धेरै विद्वान भए पनि नेपाली पछि पर्नु अनौठो कुरा भएको प्रधानमन्त्री ओलीले बताउनुभयो । नेपाली पछि पर्नु पर्ने कारण पत्ता लगाउन र अब  गरिबीबाट मुक्ति हुने उपायका बारेमा समेत नव अधिकृतहरुले मन्थन गर्नु पर्ने प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री ओलीले भने, ‘सरकार अब देशलाई गरिबीबाट मुक्ति दिलाउने अभियानमा लागेको छ । किनभने अब देशलाई अघि बढाउने समय आएको छ ।’
 देश नयाँ परिस्थितीमा भएकोले अब पुरानो मान्यताको सोचाइमा पनि परिवर्तन गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘तपाईंहरु नयाँ परिस्थितीमा काममा जाँदै हुनुहुन्छ । देशले केही नयाँ प्रणालीको विकास गरेको छ’ प्रधानमन्त्री ओलीले भने, ‘देशमा संघीय प्रणाली लागु भएको छ । त्यस अनुसार तपाईंहरुले आफूलाई समायोजन गराउनु पर्दछ ।’