काठमाडौं – हिमालय एअरलाइन्स्ले आफ्नो संस्थागत उत्तरदायित्व अन्तर्गत ‘शिक्षातर्फ पाइला’ अभियानलाई अगाडि बढाउँदै लव प्रसाद बालगृहलाई आर्थिक सहयोग गरेको छ । अनाथ तथा विपत्र बालबालिकाको लागि लव प्रसाद सुधार संघद्वारा संचालित गैरसरकारी तथा गैरराजनीतिक सामाजिक संस्था लव प्रसाद बाल गृहको भान्सा र भोजन कक्ष मर्मतसम्भारका लागि उक्त सहयोग गरेको हो ।
अगस्ट ३ मा बाल गृहको परिसरमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा एअरलाइन्स्का अध्यक्ष श्री झो इन्योङ्गले बालगृहका अध्यक्ष उषा कार्कीलाई तीन लाख ९६ हजार रुपैंयाँ बराबरको चेक हस्तान्तरण गरे । यस बाहेक बालगृहमा आश्रित बालबालिकाका लागि भान्सामा प्रयोग हुने सामग्री सेट र स्केच बुकका साथै क्रिकेटको सेट, क्यारमबोर्ड, ब्याडमिन्टन सेट, बास्केट बल, लुडो, स्किपिङ रोप, हुला हूप जस्ता विभित्र खेलकुदका सामाग्रीहरू पनि सहयोग गर्नुभएको छ। सुन्दरीजलमा अवस्थित यस संस्थाले हाल १३ जना बालबालिकालाई आश्रय, शिक्षा, हेरचाह र पालनपोषणको व्यवस्था गर्दै आएको छ ।
उक्त सहयोग रकम बालबालिकाको लागि घरेलु वातावरण कायम राख्नुका साथै थप स्वस्थ, अनुकुल र व्यवस्थित बनाउन बालगृह भवनको भान्सा र भोजन कक्षको मर्मतसम्भार गर्न प्रयोग गरिने भएको छ ।“‘नेपालमै आधार र नेपालमै सेवा ’ हिमालय एअरलाइन्स्ले लामो समयदेखि गरेको प्रतिबद्घता हो। एअरलाइन्स्ले स्थापनाकालदेखि नै समाजको लागि सक्दो योगदान गर्दै आएको छ । यसपटक लव प्रसाद बालगृहलाई गरिएको सहयोगले यहाँको बालबालिकाका लागि राम्रो जीवन र बसाईको व्यवस्था गर्न चाहन्छौं र उनीहरू भविष्यमा राष्ट्रको कर्णधार बनोस् भत्रे आशा राख्दछौँ ।,” एअरलाइन्स्का अध्यक्ष इन्योङ्गले भने ।
बालगृहका अध्यक्ष उषा कार्कीले कृतज्ञता व्यक्त गर्दै खेलकुदमा बालबालिकाको रुचि बढाउन खेलकुदका सामाग्रीहरु सहयोग गरेको एअरलाइन्स्को यस कदमको स्वागत गर्नुभयो। “हाम्रो संस्थालाई गर्नुभएको हेरविचार र योगदानको लागि हामी हिमालय एअरलाइन्स् प्रति अत्यन्तै आभारी छौँ । उहाँहरूको उदार सहयोगलाई हाम्रो रेखदेखमा रहेको बालबालिकाको जीवनमा उल्लेखनीय सुधार ल्याउँनेछ ।,” उनले भनिन् ।
हिमालय एअरलाइन्स्ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैं प्राथमिकतामा राखेको छ र विगत सात वर्षदेखि एअरलाइन्स्ले अनाथ तथा विपत्र बालबालिकाको लागि सञ्चालन गरिएको ‘प्रयास नेपाल’का बालबालिकालाई विभित्र शैक्षिक तथा अत्यावश्यक सामग्री उपलब्ध गराउँदै आएको छ ।
हिमालय एअरलाइन्स् प्रा.लि.को बारेमा
हिमालय एअरलाइन्स् नेपाल–चीन बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित अन्तर्राष्ट्रिय विमान कम्पनीहो, जसको स्थापना सन् २०१४ मा भएको थियो । नेपाल र अन्य देशहरूबीच जनस्तरको सम्पर्कलाई बढावा दिनुका साथै नेपालको व्यापार र पर्यटन उद्योगलाई टेवा पु¥याउनु नै यस एअरलाइन्स्का मुख्य दुई उद्देश्यहरू हुन् । हिमालय एअरलाइन्स्, तिब्बती नागरिक उड्डयन विकास तथा लगानी कम्पनी लिमिटेड र यती वल्र्ड इन्भेस्टमेन्ट प्रा. लि. बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित विमान कम्पनी हो ।
हिमालय एअरलाइन्स्सँग हाल ४ वटा विमानहरू छन्, तीन एयरबस ३२० – २१४ (१८० मितव्ययी सीटहरू) र एक एयरबस ३१९–११५ (१४४ मितव्ययी सीटहरू) रहेका छन् । हिमालय एअरलाइन्स्ले हाल मध्यपूर्व र दक्षिण एशियाका प्रमुख राष्ट्रहरू – संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनमा यात्रुवाहक उडानहरू सञ्चालन गरिरहेको छ ।
एअरलाइन्स्ले साउथ एशियन ट्राभल अवार्डसर्् २०१७ मा आफ्नो सञ्चालनको पहिलो वर्षमै दक्षिण एशियामा अग्रणी नयाँ अन्तर्राष्ट्रिय एअरलाइन्स्का रूपमा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको थियो । सन् २०२० मा यसले आफ्ना स्तरीय प्राविधिक व्यवस्थापनका लागि पहिलोपटक आईएसओ ९००१ः२०१५ प्रमाणीकरण प्राप्त गरेको थियो । विमान मर्मत र ईन्जिनियरिङ् सेवाहरूमा पु¥याएको उच्च व्यवस्थापन र क्षमताप्रति उक्तप्रमाणिकरण प्राप्त गरेको हो । डिसेम्बर २९, २०२१ मा एअरलाइन्स् अर्को महत्वपूर्ण आईएसओ ९००१ः२०१५ प्राप्तगर्ने नेपालको पहिलो एयरलाइन बन्यो । हवाई उडानसम्बन्धी प्रशिक्षण सेवाहरू सहित यात्रुहरू र कार्गो सेवाकालागि उच्च स्तरिय सेवा प्रदान गरे बापत उक्त प्रमाणीकरण प्राप्त भएको हो । सो प्रमाणीकरणले एअरलाइन्स्को गुणस्तरप्रतिको प्रतिबद्धता र उच्च कार्यसम्पादन तथा अभ्यासप्रतिको समर्पणलाई उजागर गर्दछ ।
सन् २०२१ को सेप्टेम्बरदेखि एअरलाइन्स्ले आफ्ना जहाजहरूमा अटोमेटेड एक्सटर्नल डेफिब्रिलेटर्स जडान गरेको थियो । योसँगै एअरलाइन्स् जडान गर्ने नेपालकै पहिलो र एक मात्र नेपाली वायुसेवा कम्पनी बनेको छ । हवाइ सुरक्षामा उत्कृष्टता हासिल गर्ने उद्देश्यका साथ अन टाइम पर्फमेन्स र मुख्यतः आफ्ना ग्राहकहरुको सेवामा एअरलाइन्स्ले आफूलाई पहिलो छनौटको भरपर्दो एअरलाइन्स्को रुपमा स्थापित गरेको छ र दक्षिण एशियाकै अग्रणी एअरलाइन्स्का रूपमा प्रतिस्थापित हुन चाहेको छ ।