बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

महालक्ष्मी विकास बैंक र मेडिसिटी अस्पतालबीच सम्झौता

सोमबार, साउन ७ २०७५

काठमाडौं साउन, ७–
महालक्ष्मी बिकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले नेपाल मेडिसिटी अस्पतालसँग आईतबार  सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार बैंकका डेबिट कार्ड (भिसा) प्रयोग गर्ने ग्राहकले नेपाल मेडिसिटीमा उपचार गराउँदा सेवाशुल्कमा छुट पाउनु हुनेछ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत श्री कृष्णराज लामिछाने ज्यू र अस्पतालका महाप्रबन्धक बिजय रिमालले उक्त पत्रमा हस्ताक्षर गर्नु भएको हो । सम्झौता अनुसार यस किसिमको सहकार्यबाट बैंकका ग्राहक वर्गले उपचार खर्चमा सात प्रतिसत छुट पाउनु हुनेछ । यसका साथै बैंकका कर्मचारी तथा कर्मचारीका परिवारले नेपाल मेडिसिटीको सेवाशुल्कमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नु हुनेछ ।
देशका ७३ वटा शाखाहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि. को हालसम्मका करिब ४ लाख ४० हजार ग्राहक वर्गहरुले नेपाल मेडिसिटीमा उपचार गराई सेवाशुल्कमा छुट प्राप्त गरी लाभान्वित हुन सक्नु हुनेछ । सोका लागि ग्राहकले अनिवार्य रुपमा बैंकको डेबिट कार्ड (भिसा) लिनु पर्नेछ । बैंकले आगामी दिनहरुमा उक्त अस्पतालसँग संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।