बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कानुन निर्माण गर्न यथाशिघ्र संसदमा विधेयक पेश गर्न सभामुख महराको सरकारसँग आग्रह

शुक्रबार, साउन ४ २०७५

काठमाडौं साउन, ४–
 सभामुख कृष्णबहादुर महराले संवैधानिक व्यवस्था अनुसार कानुन निर्माणका लागि विधेयकहरु छिटोभन्दा छिटो संसदमा पेश गर्न सरकारसँग आग्रह गरेका छन् । 
जनसंख्या तथा विकासका लागि सांसदहरुको मंच, नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संवैधानिक व्यवस्था अनुसार कानुन निर्माण गरेर मात्रै संघीयता कार्यान्वयनमा देखिएका समस्यालाई हल गर्न सकिने पनि स्पष्ट पारे । सभामुख महराले संघीयता कार्यान्वयनका लागि कानुन तर्जुमा गरेर प्रदेश र स्थानीय तह संचालन तथा केन्द्र सरकारको सहजीकरणको कामलाई प्रभावकारी बनाउन सकिने विश्वास पनि व्यक्त गरे । 
उनले सन् २०३० भित्र मुलुकलाई विकसित राष्ट्र बनाउने सरकार र राजनीतिक दलहरुको साझा लक्ष्यलाई हासिल गर्न लागि पर्न पनि सांसदहरुलाई सचेत गराए । 
सभामुख महराले दिगो विकासमार्फत् मुलुकलाई समृद्ध बनाउन पनि दलहरु मिलेर अघि बढनुको विकल्प नरहेको स्मरण गराए ।