बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

भुक्तानी नपाए पछि निर्माण व्यवसायी आन्दोलनमा, आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

सोमबार, साउन ८ २०८०

काठमाडौं । सरकारले निर्माण कार्यको भुक्तानी नदिएको भन्दै आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासंघले आज ज्ञापन पत्र बुझाउँदै छ ।

आईतवार आयोजना गरिएको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार महासंघले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै छ । साथै, सरोकारवाला मन्त्रालयहरुलाई भुक्तानीका लागि ज्ञापन पत्र बुझाउने जनाईको छ ।

महासंघका अनुसार भोलि ७७ वटै जिल्ला प्रशासन कार्यालयमा अल्टिमेटम सहितको ज्ञापन पत्र बुझाउने गरी आन्दोलनको कार्यक्रम तय गरिएको महासंघका महासचिव रोशन दाहालले जानकारी दिए ।

झन्डै दुई सातादेखि आन्दोलन गरिरहेको महासंघले फ्ना मागहरु पूरा नभए दोस्रो चरणको आन्दोलन घोषणा गर्ने जनाएको छ ।