बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आज पनि कांग्रेसद्वारा संसद अवरुद्ध, आधा घण्टालाई बैठक स्थगित

सोमबार, असार ३२ २०७५

काठमाडौं असार, ३२–
सोमबार पनि प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ । सरकारले चिकित्सा शिक्षा विधेयक अघि बढाउन खोजेपछि कांग्रेसले संसद बैठक अवरुद्ध गरेको हो । सोमबारको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध गरे ।

लगतै सभामुखले सांसद मीन विश्वकर्मालाई बोल्न समय दिए । सरकारले समस्या बल्झाउने गरी चिकित्सा शिक्षा विधेयक ल्याएको भन्दै विरोध गरे ।

जुम्लामा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर रहेको भन्दै उनले वार्ताबाट समस्या समाधान गर्न सरकारलाई आग्रह गरे । सरकार गैरजिम्मेवार बनेको छ, सर्वसत्तावादी शैलीबाट अघि बढेको छ’ उनले भने, यस्तो स्थितिमा संसद चल्न सक्दैन ।’

लगतै कांग्रेस सांसदहरु उठेर विरोध गरे । सभामुख महराले कांग्रेसकै सांसदले विरोधको सूचना दर्ता गरेको भन्दै प्रक्रिया अघि बढ्न दिन आग्रह गरे । उनले डा. केसीको अनसनबारे सरकारको ध्यानाकर्षण समेत गराएका छन् । कांग्रेसका सांसदहरु लगातार उठिरहेपछि सभामुखले आधा घण्टा बैठक स्थगित गरेका छन् ।