काठमाडौं असार, ३२–
नेपाली कांग्रेसमा गुटका भेला घट्ने भन्दा पनि बढ्ने क्रम निरन्तर बढ्दो छ । सोमबार कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले त्यसैलाई निरन्तरता दिन राजधानीमा भेला बोलाएको छ । पौडेल तथा सिटौला दुबै गुटका नेता तथा केन्द्रीय सदस्यलाई राजधानीको चक्रपथस्थित ढुंगेधारमा बिहान ११ बजे बोलाईएको पौडेल निकट एक नेताले जनाए ।
महासमितिको बैठक तथा पार्टीभित्रका समग्र विषयमा हुने छलफलमा सिटौला पनि सहभागी हुने कार्यक्रम तय भएको छ। कांग्रेसमा भित्र सिटौलाको नेतृत्वमा अर्को छुट्टै समूह सक्रिय छ।
भेलामा नेताहरु पौडेल, सिटौला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू अर्जुननरसिंह केसी, नवीन्द्रराज जोशीलगायत सहभागी हुने छन्। आइतबार मात्रै सभापति देउवाले आफू निकटका नेताहरुसँग छुट्टै भेला गरेका थिए । देउवाले भेला गरेको भोलिपल्ट पौडेल सिटौला समूहले पनि छुट्टै भेला बोलाएको हो ।