बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

अभिनेत्री करिश्मा मानन्धरले पुस्तकालय खोल्ने

शुक्रबार, साउन ५ २०८०

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले पुस्तकाल खोल्ने भएकी छिन् । ललितपुर, गोदाबरीमा उनले पुस्तकालय खोल्ने जनाएकी हुन् ।
त्यसका लागि आफुसँग भएका पुस्तक दान गर्ने जनाउँदै अभिनेत्री मानन्धरले थप पुस्तक सहयोगको अपेक्षा पनि गरेकी छिन् ।

‘सानो सोच,
एउटा सानो सोच आएको छ,
स्यानो पुस्तकालय बनाउने,
गोदावरी बाट सुरु गरौं कि,
केही किताब छन् घरमा जुन बिनोदजी र मैले पढ्ने क्रममा बटुलेका थियौं ,
हजुरहरुसंग केही राम्रा किताबहरु छन् भने उपहार स्वरुप दिनुहोस्’ भन्दै उनले फेसबुकमार्फत पुस्तक सहयोग गर्न अपिल पनि गरेकी छिन् ।