मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

सीजी एग्रोटेक र डीएमसीसीबीच एग्रि कमोडिटी ट्रेडको सम्झौता

नेपाल र दक्षिणपूर्व एशियामा कृषि वस्तुको व्यापार सहजीकरणमा टेवा पुग्ने अपेक्षा

बिहिबार, साउन ४ २०८०

काठमाडौं – चौधरी ग्रुप अन्तर्गत रहेको सीजी एग्रोटेकले विश्वको फ्ल्यागसीप फ्री जोन डीएमसीसी र दुबई प्राधिकरणसँग कमोडिटी ट्रेडका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । यस सम्झौताले कृषि क्षेत्रमा दक्षिण एसियाका रास्ट्रहरुसँग द्विपक्षीय व्यापार बढाउन मद्दत पुग्ने सीजी एग्रोटेकले जनाएको छ । हालै सम्पन्न एक समारोहबीच चौधरी गु्रपका प्रबन्ध निर्देशक वरुण चौधरी र डीएमसीसीका चिफ अपरेटिङ अफिसर फेरयाल अहमदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन । यस सहकार्यले डीएमसी र सीजी एग्रोटेकबीच बलियो सम्बन्ध स्थापना गर्नुका साथै डीएमसीसीका सदस्य कम्पनीहरूका लागि व्यापार, लगानी र बजार पहुँच बढाउन समेत सहयोग पुग्ने कम्पनीले जनाएको छ । यसबाहेक, यस साझेदारीले ज्ञान र सूचनाको आदानप्रदानलाई बढावा दिनेछ भने विशेष गरी कफी, चिया र महको निर्यातमा रहेका अवसर तथा अफ्ठ्याराहरूको सम्बोधन गर्न मद्दत गर्नेछ ।

यस सम्झौताप्रति उत्साह व्यक्त गर्दै सीजी एग्रोटेकका प्रवन्ध निर्देशक चौधरीले डीएमसीसीसँगको साझेदारीले नेपाल – युएई बीच रहेको कृषिव् यापार सम्बन्ध अझ सुदृढ र बलियो हुने विश्वास ब्यक्त गरे । “डीएमसीसीसँग रहेको २३,००० सदस्य कम्पनीहरूको व्यापक नेटवर्कको लाभ उठाउँदै र पारस्परिकरूपमा लाभदायक अवसरहरूको अन्वेषणले द्विपक्षीय व्यापारलाई अझ ब्यापक बनाउनका लागि हाम्रो क्षमतामा महत्वपूर्ण प्रभाव पार्नेछ,” चौधरीले भने ।

डीएमसीसीका चिफ अपरेटिङ अफिसर फेरयाल अहमदीका अनुसार हालका वर्षहरूमा दक्षिण एसियामा कृषि वस्तुको आयातमा उल्लेखनीय वृद्धि भएको छ र यो वृद्धिदर जारी रहने देखिएको छ । साथै, खाद्य सुरक्षामा आएको जागरुकताका कारण विश्वव्यापीरूपमा कृषि वस्तुहरूको मागअझ बढ्ने उनले जनाएका छन् । “यो साझेदारीको माध्यमबाट डीएमसीसीलाई यी व्यापारिक अवसरहरूको मुल्यांकन गर्न मद्दत पुग्नेछ,” उनले भने ।

सीजी एग्रोटेकको बारेमा

सीजी एग्रोटेक नेपालमा कृषिजन्य वस्तुको उत्पादन र विक्री वितरण गर्दै आएको एक अग्रणी संस्था हो । यस कम्पनीले चिया, कफी र मह लगायत उच्च गुणस्तरका जडिबुटी र उत्पादनहरूको निर्यात गर्दै आएको छ । हिमालयन जडिबुटीहरूको प्राकृतिक गुण जोगाउने र दिगो कृषि अभ्यासहरूलाई प्रवद्र्धन गर्ने कम्पनीको प्रतिबद्धताले सीजी एग्रोटेकलाई स्वस्थ प्रिमियम उत्पादनहरू प्रदान गर्ने कम्पनीकोरुपमा स्थापीत गरेको छ । सीजी एग्रोटेक र डीएमसीसी बीचको सहकार्यले यस क्षेत्रको कृषि व्यापारमा नयाँ आयाम ल्याउने र कृषि क्षेत्रको वृद्धिलाई सहज बनाउदै नेपाल र दक्षिणपूर्वी एशियाबीचको सम्बन्धलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ ।