काठमाडौं असार, २९–
भारतको पञ्जाव नेशनल बैंक समेतको साझेदारी रहेको एभरेष्ट बैंकले बहुंंख्यक नेपाली जनताको सेयर रहेको लक्ष्मी बैंकलाई कब्जा गर्ने रणनीति बनाएको छ । एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठ, सञ्चालकहरु नविन भक्त श्रेष्ठ, सुनिल गोपाल श्रेष्ठ सहितका केही सञ्चालक तथा सोही बैंकका प्रमुुख कार्यकारी अधिकृत सोमेश्वर सेठले नेपाली जनताको सेयर रहेको लक्ष्मी बैंकलाई मर्जरको नाम दिएर कव्जा गर्न लागेका हुुन् ।
एभरेष्ट बैंकमा भारतको पञ्जाव नेशनल बैंकको २० प्रतिशत सेयर रहेको छ भने लक्ष्मी बैंकमा खेतान समुहको पनि सेयर रहेको छ । सोही कारण एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठ र लक्ष्मी बैंकका लगानीकर्ता राजेन्द्र खेतानले व्यक्तिगत लाभ लिएर मर्जरको नाउँमा लक्ष्मी बैंकलाई एभरेष्टमा गाभ्न लागेका हुुन् । यसमा करोडौं रुपैयाँ बराबरको खेल भएको दावी समेत श्रोतले गरेको छ । राष्ट्र बैंकको निर्देशन अनुसार वाणिज्य बैकहरुले न्युनतम आठ अर्ब रुपैयाँ चुक्ता पुंजी पुर्याउनुु पर्छ । अहिलेको अवस्थामा एभरेष्ट बैंकको चुक्ता पुंजी आठ अर्ब १० करोड ६८ लाख ६३ हजार रुपैयाँ रहेको छ भने लक्ष्मी बैंकको चुक्ता पुंजी आठ अर्ब २२ करोड १६ लाख ६७ हजार रुपैयाँ रहेको छ । यदि चुक्ता पुंजी नपुुगेको भए दुुई वटा बैंकको मर्जर गर्न सुुहाँउथ्यो । नेपाल राष्ट्र बैंकले समेत मौद्रिक नीतिमा बिग मर्जरको नीतिलाई प्रोत्साहन नगरेको अवस्थामा एभरेष्टका केही सञ्चालक र लक्ष्मीका केही सञ्चालकहरु मिलेर बिग मर्जर गराई करोडौं रुपैयाँ लुट्न लागेका हुुन । सरकार समेतको प्रमुुख लगानीमा खुल्न लागेको पुुर्वाधार बैंकमा समेत २० अर्ब रुपैयाँ चुक्ता पुंजी हुुने व्यवस्था रहेको छ । यो अवस्थामा एभरेष्ट र लक्ष्मी बैंक मर्ज हुुदा झण्डै १६ अर्ब रुपैयाँ चुक्ता पुंजी पुुग्ने देखिन्छ । अहिलेको अवस्था चुक्ता पुंजी बढी हुुदैमा बैंककोहरुको निक्षेप तथा कर्जाको दायित्व बढ्न सक्दैन, यो अवस्थामा दुुई ठुुला बैंक मर्ज गर्न खोज्नुु भनेको व्यक्तिगत लाभ भन्दा अरु केही हुन सक्दैन, श्रोतले भनेको छ ।
श्रोतका अनुसार मर्जरको लागि सम्पत्ती दायित्व (डिडिए रिर्पोट) तयार गर्दा एभरेष्ट बैंकको तुुलनामा लक्ष्मी बैंकको प्रतिकित्ता सेयर मुल्य ६० रुपैयाँ कम गरेर स्वाप् रेसियो काम गर्न तयारी भएको छ । यसबाट लक्ष्मी बैंकका हजारौं सेयरधनीहरु मारमा पर्ने र यसको प्रत्यक्ष फाईदा खेतान समुह र श्रेष्ठ समुहलाई हुुने छ । सोही फाईदाको लागि अहिले लक्ष्मी र एभरेष्ट बैकको मर्ज गराउने खेल सुरु भएको हो, स्रोतको भनाई छ ।
एभरेष्ट र लक्ष्मी मर्जरलाई केही सिमित व्यक्तिहरुलाई फाईदा पुुग्ने भएपनि यसबाट लक्ष्मी बैंकको हजारौं लगानीकर्ताहरुलाई घाटा हुुने देखिन्छ । यो अवस्थामा नेपाल राष्ट्र बैंक समेतलाई यो मर्जरलाई स्वीकृती नदिएर लक्ष्मी बैंकका बहुुसंख्यक लगानीकर्ताहरुको हितमा काम गर्नुुपर्छ, श्रोतले भनेको छ । लक्ष्मी बैंकका एकाध बाहेक धेरै सञ्चालक, सेयरधनी एवं कर्मचारीहरु मर्जरको बिपक्षमा रहेकोले राष्ट्र बैंकले लक्ष्मी बैंकमा रहेको जनताको लगानी सुरक्षित गर्नको लागि पनि मर्जरको लागि स्वीकृती दिनुु हुदैन, लक्ष्मी बैक निकट एक स्रोतको भनई छ ।