बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नयाँ शक्तिले सरकारविरुद्ध शक्ति प्रदर्शन गर्ने

बिहिबार, असार २८ २०७५

काठमाडौं असार, २८–
ओली नेतृत्वको नेकपा सरकारले गरेका क्रियाकलापका विरुद्ध नयाँ शक्ति पार्टीले  प्रदर्शन गर्ने जनाएको छ  ।  सरकारका कामकारवाहीविरुद्ध आगामी साउन १ माइतीघर मण्डलामा प्रदर्शन गर्ने नयाँ शक्तिले जनाएको छ ।  उक्त  क्षेत्रलाई सरकारले हालैमात्र निषेधित क्षेत्र घोषणा गरेको छ । नयाँ शक्ति पार्टीका सूचना, सञ्चार, प्रचार तथा प्रकाशन विभागप्रमुख विश्वदीप पाण्डेले बिहीबार एक विज्ञप्ति जारी गर्दै सकारकारका काम कारवाहीविरुद्ध पार्टीको ध्यान गम्भीर ध्यानआकर्षित भएकाले ६ वटा मागसहित आन्दोलन थाल्न लागेको जनाएका छन् । 
यस्ता छन् नयाँ शक्तिका माग
१।    लोकतन्त्रलाई संकुचन गर्ने अधिनायकवादी मनोदशाबाट प्रेरित भएर साउन १ गतेदेखि काठमाडौंका विभिन्न सार्वजनिक स्थलहरुलाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णय अबिलम्ब खारेज गरियोस् । सञ्चारजगत र प्राज्ञिक क्षेत्रमा भइरहेको नग्न सरकारी हस्तक्षेप बन्द गरियोस् । प्रेस र अभिव्यक्ति स्वतन्त्रता पूर्ण रुपमा प्रत्याभूत गरियोस् ।
यी हुन नयाँ शक्तिले सरकारसमक्ष राखेका माग

 

१.    लोकतन्त्रलाई संकुचन गर्ने अधिनायकवादी मनोदशाबाट प्रेरित भएर साउन १ गतेदेखि काठमाडौंका विभिन्न सार्वजनिक स्थलहरुलाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णय अबिलम्ब खारेज गरियोस् । सञ्चारजगत र प्राज्ञिक क्षेत्रमा भइरहेको नग्न सरकारी हस्तक्षेप बन्द गरियोस् । प्रेस र अभिव्यक्ति स्वतन्त्रता पूर्ण रुपमा प्रत्याभूत गरियोस् ।

२.    बजेट फ्रिज हुन नदिने नाममा जथाभावी भइरहेको असारे विकास अबिलम्ब बन्द गरियोस् । यस प्रक्रियामा भइरहेको भ्रष्टाचार, गुणस्तरहीन निर्माण र कमिसनखोरीलाई कानुनी कार्वाहीको दायरामा ल्याइयोस् । श्रावण–असारको आर्थिक वर्ष परिवर्तन गरी बैशाख–चैत्रको नयाँ आर्थिक वर्ष कायम गरियोस् । 

३.    शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहको चरम निजीकरण, व्यापारीकरण र माफियाकरण अन्त्य गरियोस् । समाजवादी नीति अनुरुप शिक्षा र स्वास्थ्यको व्यवस्था गरियोस् । माथेमा आयोगको सिफारिस, मर्म र भावना अनुरुप स्वास्थ्य शिक्षा विधेयक संसदमा पेश गरियोस् ।

४.    महिला हिंसाका घटना नियन्त्रण गर्न, महिला हिंसामा संलग्नलाई कार्वाही गर्न राज्यले देखाएको उदासिनता अन्त्य होस् । पश्चिम नेपालमा कायम रहेको छाउपडी प्रथाको अन्त्यका लागि अबिलम्ब प्रभावकारी कदम चालियोस् । 

५.    विकासका नाममा विशेषतस् काठमाडौं उपत्यकाभित्र भइरहेको साँस्कृतिक सम्पदाहरुको विनाश र जिर्णोद्धारमा गरिएको लापरवाही अन्त्य गरियोस् । काठमाडौं–निजगढ द्रूतमार्गसँग जोडिएको खोकनाबासीहरुको सरोकारलाई सम्बोधन गरियोस् । 

६.    वर्षायामसँगै देशव्यापी रुपमा भइरहेको बाढी, पहीरो, डुबान, कटानको समस्यालाई दृष्टिगत गरी राज्यको तयारीलाई प्रभावकारी बनाइयोस् । यस्ता घटनामा उद्धार, राहत र पुनस्र्थापना कार्यलाई तदारुकताका साथ सम्पन्न गरियोस् ।