काठमाडौं आसार, २७–
पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल बुधबार चीन प्रस्थान गरेका छन् । नेता नेपाल सिल्क रोड इन्टरनेशनल को अपरेसन अर्गनाइजेसनको निमन्त्रणामा चीन गएका हुन् । उनी ‘बेल्ट एण्ड रोड इन्टरप्राइजेज इन्टरनेशनल इकोनोमिक एण्ड ट्रेड कम्युनिकेसन फेयर’ मा सहभागी हुनका लागि चीनको गान्सु प्रान्ततर्फ प्रस्थान गरेका हुन् ।
उनीसँगै नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ पनि चीन गएका छन् ।