बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा

मंगलबार, असार २६ २०७५

चितवन असार, २६–
बिहान ४ बजेदखि पहिरोले अवरुद्ध नारायणगढ मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।

 घुमाउने लगायतका स्थानमा पहिरो खसेर  मंगलबार बिहानदेखि अवरुद्ध सडक पहिरो पन्छाएपछि दुईतर्फी सञ्चालनमा आएको हो । 

 घुमाउनेको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको नारायणगढ–मुग्लिन सडकखण्ड आयोजनाका सूचना अधिकारीले जानकारी गराए । 

पानी पर्न पनि रोकिएकोले पहिरा हटाउन सहज भएको थियो । बिहानैदेखि जाममा परेका सवारी साधनहरुलाई प्राथमिकताका दिएर बाटो पास गराउने कार्य भैरहेको प्रहरीले जनाएको छ । बर्षात सुरु भएसँगै उक्त सडक दिनहु जस्तै अवरुद्ध हुँदै आएको छ ।