बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पहिरो झरेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

मंगलबार, असार २६ २०७५

चितवन असार, २६–
अविरल बर्षासँगै पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । मंगलबार बिहान पौने चार बजे घुमाउनेमा ठूलो पहिरो खसेपछि सडक अवद्ध बनेको  जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 
सो स्थानमा पानी परिरहेको कारण अहिले पहिरो पन्छाउने समेत समस्या भएको प्रहरीले जनाएको छ । पानी कम हुनासाथ  पहिरो हटाएर सडक सञ्चालन गर्ने प्रहरीले तयारी गरेको छ । 

घुमाउनेको अलवा जलविरे, तोपेखोला लगायतका केही स्थानमा पनि साना–साना पहिरो खसेर सडकमा थुप्रिएको छ । त्यसलाई समेत हटाउने काम भैरहेको छ । 

सडक अवरुद्ध हुँदा रात्रि यात्रामा रहेका यात्रुहरु बीच बाटोमा नै रोकिएका छन् । उनीहरुलाई पहिरो हटाएर जतिसक्दो चाँडो बाटो पास गराउने प्रहरीले जनाएको छ । 
वर्षा लागेसँगै नारायणगढ(मुग्लिन सडकखण्डमा पटकपटक पहिरो गएर सडक बन्द हुँदै आएको छ । जसका कारण यात्रुहरु १० घण्टासम्म जाममा बस्न बाध्य छन् ।