बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

एसईईको नतिजा आज सार्वजनिक हुँदै

बिहिबार, असार २१ २०८०

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल सार्वजनिक गर्ने तयारी थालेको छ ।

आज बेलुकासम्म नतिजा सार्वजनिक गर्ने तयारीमा अहिले बोर्डको बैठक पनि बोलाइएको छ । बोर्डका एक सदस्यका अनुसार केही प्राविधिक समस्याले नरोकिए आज साँझसम्ममा नतिाज सार्वजनिक हुने छ ।

एसईई परीक्षा गत चैत १७ गतेदेखि सुरु भएको थियो । परीक्षामा देशभरका दुई हजार ३७ परीक्षाकेन्द्रमा सामुदायिक र निजी विद्यालयका गरी १२ हजार ८३ विद्यालयका चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थी सहभागी थिए । जसमा छात्रा दुई लाख ४२ हजार सात सय १२ र छात्र दुई लाख ४२ हजार छ सय ७४ जना थिए ।

कक्षा ९ देखि प्राविधिक धारसमेत पठनपाठन गराउँदै आएका विद्यालयबाट १५ हजार चार सय ६१ जना परीक्षार्थी एसइईमा सहभागी भएका थिए । परीक्षा नियन्त्रणका कार्यालयले जिल्ला सदरमुकाममा केन्द्र तोकेर उत्तरपुस्तिका परीक्षण गराएको थियो ।