बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

विश्वकप छनोट: नेपालद्वारा नेदरल्यान्ड्सलाई १६८ रनको लक्ष्य, ४४ ओभरमा ‘अल आउट’

शनिबार, असार ९ २०८०

काठमाडौँ – आईसीसी विश्वकप छनोटअन्तर्गत आफ्नो समूहको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध १६८ रनको कमजोर लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब ब्याटिङको सिकार हुँदा कमजोर लक्ष्य प्रस्तुत गर्‍यो। नेपालका लागि कुनै पनि ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन्।

नेपाल नेदरल्यान्ड्स सामु ४४.३ ओभरमा १६७ रन बनाउँदा अलआउट भयो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३३ रन बनाउँदा कुशल भुर्तेलले २७ रन बनाए।

त्यस्तै, भिम सार्कीले २२ रन बनाउँदा कुशल मल्ल १२ रनमा आउट भए। थप दोहोरो स्कोरका रुपमा दीपेन्द्र सिंह ऐरीको १४ रन बनाउँदा गुल्सन झा १५ रनमा आउट भए। त्यस्तै, सन्दीप लामिछानेले २७ रनमा आउट भए।

नेदरल्यान्ड्सका लागि लोगन भान बेकले ४ विकेट लिँदा विक्रम जित सिंह र बास दि लिडले समान २–२ विकेट लिए। त्यस्तै, क्लेटन फ्लोइड र अर्यान दतले समान १–१ विकेट लिएका थिए।

आजको खेलमा नेपाललाई ‘सुपर सिक्स’मा पुग्नका लागि जितबाहेकको विकल्प छैन। नेपाल पराजित भएमा नेदरल्यान्ड छनोट हुनेछ।