बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

साफ च्याम्पियनसीपको उद्घाटन खेलमा आज नेपाल–कुबेत भिड्दै

बुधबार, असार ६ २०८०

काठमाडौं । साफ च्याम्पियनसिपको उदघाटन खेलमा आज नेपाल र कुवेत बिचमा प्रतिस्पर्धा हुदैँँछ  ।

आज भारतको बेंग्लोरमा हुने प्रतियोगिताको उद्‌घाटन खेलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुन लागेको हो । सो खेल  दिउँसो ३ः४५ बजेबाट सुरू हुनेछ ।
कुबेत पहिलो पटक दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा भाग लिन लागेको हो ।

आमन्त्रित टिमको रुपमा साफमा सहभागी हुन लागेको कुबेतसँग नेपालले आज आफनो जीत दर्ज गराउने उदेश्यका साथ मैदानमा उत्रदैछ ।

प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले छोटो तयारीका बिचमा प्रतियोगितामा सामेल हुन लागेको नेपाली टिमले कठिन चुनौतीको सामना गर्न सक्षम रहेको बताएका छन् ।

गत वर्ष मात्रै एसियन कपको छनोटमा कुवेतसँग नेपाल ४–१ गोलले पराजय भएको थियो । यससँगै नेपाल र कुवेतका बिचमा ५ खेल भएका छन् ।