काठमाडौं असार, १५–
मुक्तिनाथ विकास बैंकले र दीर्घायु गुरु हस्पिटल एण्ड रिसर्च सेन्टर, मित्रपार्कबीच बैंकका ग्राहकहरुलाई अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको छ । उक्त सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र दीर्घायु गुरु हस्पिटल एण्ड रिसर्च सेन्टरको तर्फबाट प्रवन्ध निर्देशकसुरज बलया श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले दीर्घायु गुरु हस्पिटल एण्ड रिसर्च सेन्टर, मित्रपार्कमा उपचार गराउँदा तोकिएका सेवा शुल्कमा १० प्रतिशत छुट पाउने र अन्य स्वस्थ्य सेवामा १५ प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ ।