काठमाडौं असार, १३–
नेप्सेमा आज भने हरियाली देखिएको छ । नेप्सेमा आज नौ वटा समुहको कारोबार हुुँदा छ वटा समुहको सुचक बढेर हरियो देखिएको छ भने तीन वटाको सुचक घटेर रातो देखिएको छ । नेप्से भने चार दशमलव ६२ अंकले बढेर ११ सय ९९ दशमलव ४२ चढ्दा सेन्सिटिभ एक दशमलव ११ अंकले बढेर दुुई सय ५१ दशमलव ९७ अंंकमा चढेको छ ।
आज एक सय ५७ कम्पनीहरुको दुुई हजार आठ सय ४३ वटा कारोबारमा पाँच लाख ८३ हजार सात सय ३२ कित्ता सेयर किनबेच भएको छ भने कारोबार रकम १७ करोड ३० लाख सात हजार छ सय ९१ रुपैयाँ पुुगेको छ । वाणिज्य बैंक समुहको सुचक पाँच दशमलव ७५ अंकले बढेर एक हजार १६ दशमलव तीन अंकमा पुुगेको छ भने कारोबार रकम सात करोड २९ लाख ९२ हजार एक सय रुपैयाँ पुुगेको छ । यसैगरी बिकास बैक समुहको सुचक पनि ११ दशमलव ९४ अंकले बढेर १४ सय सात दशमलव २८ अंकमा पुुगेको छ भने कारोबार रकम ५६ लाख ४६ हजार सात सय २० रुपैयाँ पुुगेको छ । होटल, फाईनान्स, अन्य र लघुबित्त समुहको सुचक पनि आज बढेको छ ।
बीमा समुहको सुचक भने आज चार दशमलव ५८ अंकले घटेर छ हजार ३६ दशमलव २५ अंकमा पुुगेको छ भने कारोबार रकम चार करोड ३५ लाख ८६ हजार नौ सय रुपैयाँ पुुगेको छ । यसबाहेक जलबिद्युुत र उत्पादमुुलक समुहको सुचक पनि घटेका छन् । आज कमाउने र गुुमाउने कम्पनीहरु यस्ता रहेका छन् ।
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार मुल्य आजको बढेको मुल्य
१ नेपाल कम्युनिटी डे. बैंक ११९ ५.३१
२ नेपाल सेवा लघुबित्त संस्था ३४३ ४.८९
३ सिन्धुु बिकास बैंक १२७ ४.१०
४ जेविल्स फाईनान्स १०४ ४
५ कालिका माईक्रो क्रेडिट बैंक १३२० ३.९४
गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार मुल्य आजको घटेको मुल्य
१ रैराङ हाईड्रो पावर कम्पनी २३१ ९.७६
२ एनएलजी इन्स्योरेन्स कम्पनी ८७० २.२४
३ युुनिलिभर नेपाल लिमिटेड २५९५० १.९९
४ मिर्मिरे माईक्रो फाईनान्स १५२० १.९३
५ निर्धन उत्थान बिकास बैंक १०६० १.८५