मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

भारतीय विदेशमन्त्रीको दावी: ‘अखण्ड भारत’ को नक्साबारे नेपाल(बंगलादेशले बुझिसके, विवाद गर्दैनन्

बिहिबार, जेष्ठ २५ २०८०

काठमाडौँ – भारतले ‘अखण्ड भारत’ को नक्साबारे नेपालले कुरा बुझिसकेको दाबी गरेको छ । आज (बिहीबार) भारतीय विदेशमन्त्री एस जयशंकरले नयाँ संसद भवनमा राखिएको नयाँ नक्साबारे नेपालसहित बंगलादेशले पनि बुझिसकेको बताउँदै अब विवाद नगर्ने दावी गरेका हुन् ।

उनले ‘अखण्ड भारत’ को नक्सा राजीनितक विषय नभएको बताएका छन् । ‘भारतको नयाँ संसदमा राखिएको नयाँ नक्सा राजनीतिक विषय होइन । छिमेकी देश (नेपाल र बंगलादेश) ले यो कुरा बुझिसके ।’ पत्रकारले उनलाई नेपाल, बंगलादेश र पाकिस्तानले नक्साबारे जनाएको असन्तुष्टिलाई लिएर प्रश्न गरेकी थिइन् ।

प्रश्न सोध्ने क्रममा पत्रकारले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा भारतले आफूलाई सांस्कृतिक नक्सा भएको बताएको प्रसङ्गमा उल्लेख गरेकी थिइन् । जवाफमा विदेशमन्त्री जयशंकरले पाकिस्तानको विषय अलग रहेको तर अरू छिमकीले बुझिसकेको जवाफ दिएका हुन् । यद्यपि उनले नेपाल र बंगलादेशको नाम उल्लेख गरेनन् । ‘पाकिस्तानको विषय अर्कै हो । पाकिस्तानसँग हाम्रो देशको नीति अर्कै छ’, उनले भने ।