नयाँ दिल्ली । उडिसाको बालासोर जिल्लामा शुक्रबार साँझ भएको दर्दनाक रेल दुर्घटनामा अहिलेसम्म २८० भन्दा बढीको मृत्यु भईसकेको छ ।
भारतीय संचारमाध्यमले जनाए अनुसार सो क्रममा ९ सयभन्दा बढी घाइते भएको बताइएको छ । कोरोमण्डल एक्सप्रेसका पटरीबाट खसेका थिए, त्यसपछि यो अर्को लाइनमा विपरीत लाइनबाट आउँदै गरेको अर्को रेलसँग ठोक्कियो।
जसका कारण यो दर्दनाक दुर्घटना भएको हो । ओडिशा रेल दुर्घटनाको छानबिन गर्न आदेश दिइएको छ। दक्षिण पूर्वी क्षेत्रका रेलवे सुरक्षा आयुक्त (सीआरएस) एएम चौधरीले यो ठूलो रेल दुर्घटनाको अनुसन्धान गर्ने जनाएका छन् ।
ओडिशाका मुख्य सचिवका अनुसार हालसम्म २ सय ३३ जनाको मृत्यु भएको प्रमाणित भएको छ । सोही क्रममा रेल दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि गोपालपुर, कान्तपाडा, बालासोर, भद्रक र सोरोका अस्पतालमा भर्ना गरिएको छ । जानकारी अनुसार राहत तथा उद्धार कार्य जारी रहेको छ ।
पटरीबाट खसेको डिब्बामा कैयौं यात्रु फसेका थिए भने स्थानीयले आकस्मिक सेवाका कर्मचारीलाई उद्धार गर्न सहयोग गरिरहेका थिए तर अन्धकारले काममा बाधा पुगेको थियो ।
मुख्यमन्त्री नवीन पटनायकले रेल दुर्घटनापछि राज्य दिवस मनाउने कार्यक्रम रद्द गर्दै एक दिने राजकीय शोकको घोषणा गरेका छन्। रेल दुर्घटनाको विषयमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी आज ओडिशाको भ्रमण गर्न लागेकी छन् । रेलवेको खड़गपुर डिभिजनका डीआरएमका अनुसार रेल दुर्घटनापछि कम्तिमा १३ वटा ट्रेन या त डाइभर्ट गरिएको छ वा रद्द गरिएको छ।