मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

महिला टि २० क्रिकेटः नेपाल मलेसियासँग भिड्दै

बिहिबार, जेष्ठ १८ २०८०

काठमाडौं । महिला टि–२० आई खेलमा नेपालले आज मलेसियासँग पुनः प्रतिस्पर्धा गर्दैछ ।

पहिलो खेलमा पराजित भए पनि दोस्रो खेलमा बिजयी भएका नेपालले आज पुनः मलेसियासँग खेल्न लागेको हो ।
आजको खेल नेपाली समय अनुसार बिहान ८ः ४५ बजेबाट सुरु हुदैँछ ।

पहिलो खेलमा ५ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो । आज नेपाल दोस्रो जीत निकाल्ने योजनासहित मैदानमा उत्रदैँछ ।

नेपाल र मलेसिया बीच हालसम्म ५ महिला टि– २० आई खेल भइसकेका छन् । जसमा नेपाल ४ र मलेसिया १ खेलमा विजयी भएको छ ।

सोही क्रममा चौथो र पाँचौं खेल भने शनिबार र आइतबार हुनेछ ।