मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

डन कार्कीको शव्दमा गायक आनन्द कार्की अब नायक पनि

बिहिबार, जेष्ठ ११ २०८०

काठमाडौं – लामो समयदेखि नेपाली गायन क्षेत्रमा विशेषगरि चलचित्र तथा आधुनिक गायनमा राज गर्न सफल गायक आनन्द कार्कीको नयाँ गीत गोधूलि साँझैमा बजारमा आएको छ । डन कार्कीको शव्द तथा युगेश कार्कीको प्रस्तुति रहेको गीतमा चाँद सिंहको संगीत तथा संगीत संयोजन रहेको छ । ५००० भन्दा बढी गीतमा आफ्नो स्वर दिईसकेका गायक आनन्द कार्कीका सयौँ गीतहरु हिट रहेका छन् । तीमध्य कतिपय गीतहरुको भिडियोमा आनन्द कार्की देखा पनि परेका छन् तर लोकलयमा आधारित डान्सिङ गीतमा पुर्ण मोडल अथवा नायकको रुपमा यो उनको पहिलो प्रयास हो । पहिलो प्रयासमै गायक कार्कीले आफ्नो अभिनय क्षमताका साथसाथै आफ्नो नृत्य क्षमता पनि देखाएका छन् ।

भिडियोतर्फ अभिनयमा नायिका अनु शाहले साथ दिएकी छिन् भने छायाँकन उत्सव दाहाल , श्रृङ्गार विमला तामाङ, कोरियोग्राफी राजकुमार दर्जी (एभरेष्ट राज), सहायक निर्देशन उषा मलाहा ’ सिमरन ’ र सम्पादन र निर्देशन राज कुमारको रहेको छ । प्रवासमा रहेर नेपाली गीत संगीतलाई माया गरि सांगितिक निरन्तरता दिईरहेका गीतकार डन कार्कीकै युट्युब च्यानल म्यल द्य प्बचपष् बाट भिडियो सार्वजनिक भएको छ ।

भिडियो लिंक