मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

ए डिभिजन लिग फुटबल : आज दुई खेल हुँदै

बिहिबार, जेष्ठ ११ २०८०

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार पहिलो खेल च्यासल मैदान, ललितपुरमा हुनेछ भने दोस्रो खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ ।

जसअनुसार च्यासल मैदानमा मनाङ मस्र्याङदी र चर्च ब्वाईज बिच प्रतिस्पर्धा हुनेछ  । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।

उता, एन्फा कम्प्लेक्समा हुने खेल पनि ३ बजेवाट नै सुरु हुनेछ । सो खेलमा सातदोबाटो र फेन्डस क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ ।