बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नेपाली युवाहरुले बनाएको रकेट अमेरिकामा उडाइँदै

बुधबार, जेष्ठ १० २०८०

काठमाडौं । नेपाली युवा वैज्ञानिकहरुले निर्माण गरेको रकेट अब अमेरिकाको द न्यू मेक्सिकोबाट उडाइने भएको छ । एस्ट्रल स्पेस रिसर्च नेपालले अमेरिकामा हुने ‘स्पेस एपोर्टस कप २०२३’ को लागि नेपालको प्रतिनिधित्व गर्दै जाने १६ सदस्यीय नामावली टुङ्ग्याएको छ ।

इन्जिनियर शिशिर जिसीको नेतृत्वमा नेपालमा रकेटको क्षेत्रमा अनुसन्धान र विकासमा लामो समय काम गरेका युवा वैज्ञानिकहरुको सहभागिता रहने बताइएको छ । स्पेस एपोर्टस कप २०२३ जुन १९ देखि २४ सम्म अमेरिकाको द न्यू मेक्सिकोमा हुनेछ, जसमा विश्वभरका विभिन्न शक्तिशाली देशसंगै नेपाल पनि सहभागि हुनेछ ।

सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै एस्ट्रल स्पेस रिसर्ज नेपालले जस अन्तर्गत ‘प्रोजेक्ट श्री’ अभियानलाई सफल बनाउनको लागि सरकारी क्षेत्रसंग सहयोगको लागि आग्रह गरेको छ । एपोर्टस कपको लागि सहयोग संङकलन स्वरुप सिबीएम कलेज अफ साइन्स डिल्लीबजार काठमाडौँमा जेठ ९ देखि जेठ १४ गतेसम्म प्रदर्शनी गर्न लागिएको कार्यक्रम संयोजक शिशिर जिसीले जानकारी दिए ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह लगायतका अन्य विशिष्ट व्याक्तिहरुको सहभागिता रहने उनको भनाई छ ।

सिबीएम कलेज अफ साइन्ससंगको सहकार्यमा ‘अकाश छुने सपना, नेपालको रकेट’ अभियानलाई अघि बढाइरहेको बताइएको छ । ‘स्पेस एपोर्टस कपमा सहभागि हुन झण्डै ९० लाख रुपैयाँको अनुमान गरिएको छ । हाल सम्म रकमको सुनिश्चितता नहुँदा केहि समस्या परिरहेकाले सरकारी क्षेत्रसंग ठूलो सहयोगको अपेक्षा रहेको ई. जिसीले बताए । आफुहरुले निर्माण गरेको रकेट अमेरिकी आकाशमा झण्डै १० हजार फिट अग्लो स्थानमा पुग्ने उनको विश्वास छ ।

पछिल्लो समय नेपालमा टेक्नोलोजीको विकास तिव्र गतिमा भइरहेको अवस्थामा यस्ता खालका अवसरले नयाँ पुस्तालाई थप सहयोग र हौसला प्रदान गर्ने सिविएम कलेजका प्रिन्सिपल सुमन न्यौपानेले बताए ।

नेपालमा विकास तथा प्रविधि क्षेत्रका लागि हरेक सम्भावना भएपछि सरकारी तथा नीति निर्माण जन्य क्षेत्रले कुनै वास्ता नगरेका कारण नेपाल यस्ता क्षेत्रमा पछि परेको एस्ट्रल स्पेस रिसर्च नेपालका सदस्य डा। निकोलश भुसालले गुनासो गरे । सरकारी क्षेत्र संगै देशमा रहेका अन्य नीजि क्षेत्रको सहयोग बिना कुनै पनि कार्यहरु गर्न नसकिने भन्दै डा। भुसालले आफुहरुको प¥यासमा साथ दिन आग्रह गरेका छन् ।