बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अब विवाह नै नगरी महिलाले सन्तान जन्माउन पाउने !

बिहिबार, जेष्ठ ३१ २०७५

३१ जेठ, काठमाडौं–गर्भपतन अब अधिकार र कसुर दुवै हुने भएको छ ।  महिलाका हकमा गर्भपतन संविधानमा मौलिक हकअन्र्तगत राखिएको छ भने सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी विधेयकको मस्यौदामा गर्भपतन कसुर हुने व्यवस्था गरिएको छ । कसुर गर्भपतन गराउन दबाब दिनेका हकमा कायम हुनेछ । 

कुनै पनि महिलाले आफ्नो ईच्छाबमोजिम विवाह नगरी सन्तान जन्माउन सक्ने अधिकार कानुनले सुरक्षित गर्न लागेको छ । 

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी विधेयकमा यो अधिकार सुरक्षित गरिएको हो । 

संविधानको मर्मअनुसार प्रजनन अधिकारलाई कानुनमा सुरक्षित गरिएको मन्त्रालयकमा प्रवक्ता ढकालले बताए । 

संविधानले नै विवाह नगरी महिलालाई सन्तान जन्माउन सक्ने हकको व्यवस्था गरिसकेको छ, उनले भने सविधानमा व्यवस्था भएको कुरा कसैले दिईरहनुपर्ने विषय नभएको उनले बताए ।, आजकोनागरिकदैनिकमा यो खबर छ ।