शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

ए डिभिजन लिगः आज तीन खेल हुँदै

मंगलबार, जेष्ठ २ २०८०

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछन् ।

जसमा दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ । आज च्यासल मैदानमा नेपाल पुलिस क्लव र एपीएफ फुटबल क्लवबीच खेल हुनेछ । खेल दिउँसो तीन बजेबाट शुरु हुनेछ ।

त्यस्तै दशरथ रंगशालामा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लव र थ्रि स्टार क्लवबीच दिउँसो ३ बजेबाट खेल शुरु हुनेछ भने रंगशालामा नै साँझ ६ बजे हुने खेलमा रोयल ब्लु सात दोबाटो र चर्च ब्वाइज युनाइटेडबीच खेल हुनेछ ।