बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

गण्डकी विकास बैंकको अध्यक्षमा सुशिल गौचन चयन

बुधबार, जेष्ठ ३० २०७५

काठमाडौ जेठ, ३०–
गण्डकी विकास वैंकको दशौ वार्षिक साधारण सभाले संस्थापक तर्फ सुशिल गौचन, पद्य प्रसाद पौडेल, किशोर ओझा तथा सर्वसाधारण तर्फ नारायण बहादुर बानिया, कृष्ण वहादुर थापा क्षेत्री र वासुदेव त्रिपाठी समेत ६ जना  संचालकहरुको निर्विरोध निर्वाचित गरेको छ । उक्त निर्वाचन पश्चात बसेको बैंकको पहिलो सञ्चालक समितिको बैंठकले संचालक समितिको अध्यक्ष पदमा सुशिल गौचनलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।
दशौ वार्षिक साधारण सभाले १९.३१०६ प्रतिशत वोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरे पश्चात बैंकको चुक्ता पूँजी कुल रु २ अर्व ७५ करोड पुगेको छ भने पूँजीको हिसाबले गण्डकी विकास बैंक लिमिटेड सवै भन्दा बढी चुक्ता पूँजी भएको अग्रणी विकास भएको छ । 
बैंकले आ.व. २०७४÷७५ को तेश्रो त्रैयमास सम्ममा निक्षेप रु. २० अर्ब ४३ करोड पु¥याएको छ भने कर्जातर्फ रु.१८ अर्ब ३२ करोड पु¥याएको छ ।

वैकले केन्द्रीय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ५९ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप लिनुका साथै सहज र सरल रुपमा कर्जा प्रवाह गर्दै आएको छ ।  यसका साथै बैकिङ्ग सेवा, लकर सेवा, सुनधितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, केन्द्रीय कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिने बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा समेत प्रदान गर्दै आइरहेको छ । यस अतिरिक्त बैंकले न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्घ व्यक्तिहरुका लागि लघु वित्त कर्जा पनि प्रदान गर्दै आएको छ । बैंकको देशभरी नै शाखा सञ्जाल विस्तार गर्ने क्रममा हाल बैकका विभिन्न ठाउँमा १८ वटा शाखाहरु निर्माणधिन अवस्थामा रहेका छन्  । यस पश्चात बैकका कुल ७७ वटा शाखा र देशका सातै प्रदेशवाट वैकिग सेवा प्रदान हुने प्रमुख कार्यकारी अधिकृत रेशम वहादुर थापाले  बताए ।