बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

रहेनन् कलाकार भिमबहादुर थापा

बुधबार, जेष्ठ ३० २०७५

काठमाडौं जेठ, ३०–
बरिष्ठ कलाकार भिमबहादुर थापाको निधन भएको छ । ९२ बर्षिय कलाकार थापाको गएराती २ बजे आफ्नै निवासमा  निधन भएको हो ।  लामो समयदेखि विभिन्न रोगले पिडित  थापाको अस्पतालमा उपचार भैरहेको थियो । तर, उनले, आफूलाई घरमै लैजानका लागि आग्रह गरेपछि उनलाई घरमा ल्याइएको थियो । पछिल्लो समय उनी, हाँस्य सिरियल ‘तितो सत्य’मा काम गरेपछि निकै  चर्चित बनेका थिए । उनी  निर्देशक तथा कलाकार दीपाश्री निरौलाका ‘धर्म बा’ समेत थिए । भिमबहादुर र दीपाश्रीले सिरियल ‘देवि’देखि नै काम गरेका थिए । उनले, थुप्रै नेपाली चलचित्रमा समेत काम गरेका छन् । तर, पछिल्ला केही बर्षदेखि रोगले थलिएपछि थापाले चलचित्र अभिनय कम गरेका थिए ।

उनी  मुटु, फोक्सो, कलेजो लगायतका रोगबाट पिडित थिए । उनको आजै पशुपति आर्यघाटमा दाहासंकार गरिने पारिवारिक स्रोतले जनाएको छ । त्यसअगाडि काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने तयारी गरिएको छ । यतिबेला  ‘छक्का पन्जा ३’को छायांकनका लागि  पोखरामा  रहेकी निर्देशक  निरौला आफ्ना ‘धर्म बा’को निधनको खबर पछि काठमाडौं आउने तयारीमा छिन् ।