मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

आइपिएल: जैसवालको बिस्फोटक ब्याटिङमा राजस्थानको फराकिलो जित

शुक्रबार, बैशाख २९ २०८०

एजेन्सी – इन्डियन प्रिमियर लिग(आइपिएल)मा राजस्थान रोयल्सले प्रभावशाली जित हासिल गरेको छ। लगातार तीन खेलमा पराजित भएपछि प्लेअफ सम्भावना कायम राख्न जित्नैपर्ने दबाबमा रहेको राजस्थानले कोलकातामाथि ९ विकेटको जित निकाल्यो।

कोलकाताले पहिले ब्याटिङ गर्दै राजस्थानसमक्ष जितका लागि १ सय ५० रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा राजस्थानको जितमा ओपनर यशस्वी जैशवालले कीर्तिमानी इनिङ खेले।

उनले १३ बलमानै अर्धशतक प्रहार गरेका थिए। उनले आफ्नो इनिङमा ४७ बलमा ९८ रनको नटआएट इनिङ खेले। त्यस्तै कप्तान सञ्जु सामसनले २९ बलमा ४८ रन बनाएर उनलाई अविजित साथ दिए। जैशवाल र सामसनले दोस्रो विकेटका लागि १ सय २१ रनको अविजित साझेदारी गरेका थिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। उसका लागि बेंकटेस अयरले ५७ रन बनाएका थिए। त्यस्तै रामनुल्लाहा गुरुबाजलले १८ रन बनाउँदा नितिश रानाले २२ रन बनाउँदा रिन्कु सिंहले १६ रन बनाएका थिए।

जितसँगै राजस्थानले १२ खेलमा ६ जित र ६ हार सहित १२ अंक बनाएर तेस्रो स्थानमा रहँदा कोलकाताको प्लेअफ समिकरण भने अब आफ्नो हातमा रहने छैन।

अब उसलाई अन्य टिमको नतिजा समते महत्वपूर्ण हुने छ। कोलकाताको १२ खेलमा १० अंक रहेको छ।