बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

काठमाडौंको शंखमुलमा सरकारी गाडीमा आगजनी

आइतबार, जेष्ठ २७ २०७५

काठमाडौं जेठ, २७–
काठमाडौंको शंखमुलमा सरकारी गाडीमा आगजनी गरिएको छ ।   शंखमुलको यूएनपार्क छेऊमा अज्ञात समूहले सरकारी गाडीमा आगजनी गरेको हो । 

आइतबार दिउँसो राजश्व तालिम केन्द्र, हरिहर भवनको बा १ झ ८८१८ नम्बरको गाडीमा अज्ञात समूहले आगजनी गरेको काठमाडौं प्रहरीले जनाएको छ । प्रहरीले आगजनी गर्ने समूहको खोजी जारी रहेको जनाएको छ ।