मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

बिबाद कायमै रहेका बेला एन्फाले बोलायो कार्यसमितिको बैठक

सोमबार, बैशाख २५ २०८०

काठमाडौं । एन्फा महासचिव किरण राईले आइतबार पदाधिकारी तथा सदस्यहरु लाई पत्रमार्फत सोमबार दिउँसो २ बजे सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सुरु हुने आपतकालिन बैठकमा उपस्थित हुन अनुरोध गरेका छन्।

‘अखिल नेपाल फुटबल संघको विधान २०७७ संस्करणको धारा ३९ (२) वमोजिम विशेष परिस्थितिमा कार्यसमितिको आपतकालिन बैठक राखिएको हुँदा उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु ,’ पत्रमा उल्लेख छ।

यसअघि गत वर्षको फागुनमा भएको एन्फाको बैठकमा भने कार्यसमिति सदस्यबीच झण्डै हात हालाहाल भएको थियो । तीन उपाध्यक्ष दीर्घबहादुर केसी, विराटजंग शाही, दिपक खतिवडालगायतका सदस्यहरूले एन्फाको कार्यसमिति बैठक बहिस्कार गरेका थिए ।