काठमाडौं – माया गर्ने प्रेमिल जोडीहरुमा समर्पित गरिएको गीत ‘सुस्तरी सुस्तरी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । मोडल नग्मा श्रेष्ठ र प्रवीण डिसीको भिडियोमा अभिनय रहेको छ । भिडियोमा उनीहरुलाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ । यस गीतमा लोकप्रिय गायिका अस्मिता अधिकारी र गायक बल बहादुर राजवंशीको सुमधुर स्वर सुन्न सकिन्छ । प्रेम भाव समिटिएको गीतमा शब्द नविन श्रेष्ठको रहेको छ । गीतलाई हङकङ निवासी वरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठले संगीतवद्ध गरेका हुन् । गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन् ।
दिनेश पराजुलीले छायाँकन गरेको यस भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन् । जस बहादुर याक्खा (जसु) को निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो संगीतकार श्रेष्ठको अफिसिएल युट्युव च्यानल ‘नगेन्द्र श्रेष्ठ’ मार्फत सार्वजनिक भएको हो । म्युजिक भिडियो दर्शक स्रोतालाई मनपर्ने कुरामा निर्माण टिम आशावादी रहेको छ ।
भिडियो लिंक
https://youtu.be/PLoF5NWca98