काठमाडौं – सशस्त्र प्रहरी बल नेपाल र संचारकर्मी वीच सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा बैशाख १८ गते मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्यालसहित सशस्त्र प्रहरी बल नेपालको टीमले सो खेलमा संचारकर्मीहरुको टीमलाई २–१ को अन्तरले जित हासिल गर्न सफल भएको छ ।
सोही दिन प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपालको विषयमा संचारकर्मीहरुले राखेका जिज्ञासाहरुको बारेमा प्रष्ट पार्नुभएको थियो भने सशस्त्र प्रहरी बल नेपालबाट २०७९ सालमा भएगरेका कामकारवाही बारे सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी गराएका थिए । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम र वंशीराज दाहाल लगायत विज्ञ संचारकर्मीहरु, सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।