मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

युएईविरुद्ध ललितको कसिलो बलिङ, ११७ रनमा अलआउट

मंगलबार, बैशाख १९ २०८०

काठमाडौं । एसीसी प्रिमियर कप अन्तरगत नेपालले जितका लागि ११८ रनको लक्ष्य पाएको छ ।

त्रिभुवन बिश्वबिद्यालय क्रिकेट मैदानमा जारी खेलमा सोमबार युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको थियो ।

बर्षाका कारण रोकिन पुगेको खेल आज भएको हो। जारी खेलमा युएईले ३१.१ ओभर खेल्दै सबै विकेट गुमाएर ११७ रन बनायो । अब नेपालले केहीबेर पछि ब्याटिङ गर्नेछ ।

युएईविरुद्ध ७.१ ओभर बलिङ गरेका ललित राजवंशीले जम्मा १४ रन दिएर ४ विकेट लिन सफल भए । हिजो उनले ३ विकेट लिएका हुन् भने आज थप १ विकेट लिए ।

यसरी नै करण केसी र सन्दीप लामिछानेले समान २–२ विकेट झारेका थिए । सोमपाल कामी र गुल्सन झाले भने समान १–१ विकेट लिएका थिए ।
हिजो भएको खेलमा अब नेपाल युएईलाई अलआउट गर्नुभन्दा १ विकेटमात्र बाँकी रहेको थियो ।

आईसीसीको एकदिवसीय वरियतामा नेपाल १४औँ र युएई १९ औँ स्थानमा रहेका छन्।