काठमाडौं । एसीसी प्रिमियर कप अन्तरगत नेपालले जितका लागि ११८ रनको लक्ष्य पाएको छ ।
त्रिभुवन बिश्वबिद्यालय क्रिकेट मैदानमा जारी खेलमा सोमबार युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको थियो ।
बर्षाका कारण रोकिन पुगेको खेल आज भएको हो। जारी खेलमा युएईले ३१.१ ओभर खेल्दै सबै विकेट गुमाएर ११७ रन बनायो ।अब नेपालले केहीबेर पछि ब्याटिङ गर्नेछ ।
हिजो भएको खेलमा नेपालका लागि ललित राजवंशीले ३ विकेट लिए भने आज १ विकेट थपे । ७.१ ओभर बलिङ गरेका ललित राजवंशीले जम्मा १४ रन दिएर ४ विकेट लिन सफल भए ।
हिजो करण केसी र सन्दीप लामिछानेले समान २–२ विकेट झारेका थिए । सोमपाल कामी र गुल्सन झाले भने समान १–१ विकेट लिए पछि युएई दबाबमा परेको थियो ।
हिजो भएको खेलमा अब नेपाल युएईलाई अलआउट गर्नुभन्दा १ विकेटमात्र बाँकी रहेको थियाे ।
आईसीसीको एकदिवसीय वरियतामा नेपाल १४औँ र युएई १९ औँ स्थानमा रहेका छन्।