बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

शहीद स्मारक ए डिभिजन लिग: आज दुई खेल हुँदै

मंगलबार, बैशाख १९ २०८०

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन् ।

एन्फा कम्प्लेक्स जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबल आज एक आपसमा भिडनेछन् । सो खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

शीर्ष स्थानको जावलाखेल १३ खेलबाट २४ अंक जोडेर शीर्ष स्थानमा छ भने  पुलिसले १२ अंकमा सीमित छ ।

यसैगरी, च्यासल खेल मैदानमा थ्री स्टार क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । सो खेल पनि दिउँसो ३ बजेवाट नै सुरु हुनेछ ।

थ्रि स्टारले १३ वटा खेलवाट ६ वटामा जित हासिल गर्दै २२ अंक बटुलेको छ भने समान १३ खेलमा ४ खेलमा मात्रै जित हासिल गरेको खुमलटारको १३ अंकमा सीमित छ ।

यस सिजनको लिगमा १४ वटा क्लब सहभागी रहेका छन् । यसपटक डबल राउण्ड रोविन प्रणालीका आधारमा लिगका खेलहरु भइरहेको छन् ।

गत १९ फागुनदेखि सुरु भएको लिगको पहिलो लेगका खेलहरु भने आइतबार मात्रै सकिएको हुन ।