काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत नेपाल र यूएईबीचको हिजो स्थगित फाइनल खेल आज हुने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार नेपाल र यूएईबीच भएको खेल वर्षाका कारण आजसम्मका लागि स्थगित भएको थियो
सोमबार नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन जोडेपछि वर्षाका कारण खेल रोकिएको थियो । तर, वर्षा नरोकिएपछि आज पुनः खेल हुनेगरी स्थगित गरिएको हो ।
नेपाल क्रिकेट संघका क्रिकेटका अनुसार खेल अब सोमबारकै स्थितिबाट आज खेल सुरु हुनेछ । खेलमा अब नेपाल युएईलाई अलआउट गर्नुभन्दा १ विकेटमात्र बाँकी रहेको छ । हिजो स्थगित भएको स्थानबाट नेपालले आज बलिङ सुरु गर्नेछ । नेपाल टस हारेर हिजो बलिङमा गएको थियो ।