काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपालले नवौँ विकेट लिएको छ । यूएईविरुद्धको खेलमा नेपालले २७.३ ओभरको समाप्तिमा ९ विकेट लिएकाे हाे ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको फाइनल खेलमा नेपालले नवौँ विकेट लिएपछि वर्षाका कारण खेल फेरि रोकिएको छ ।
नेपालका लागि ललितर राजवंशीले तीन, करण केसी र सन्दीप लामिछानेले दुई दुई र सोमपाल कामी र गुल्सन झाले समान एक एक विकेट लिएका छन् ।
नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले २७.३ ओभरको समाप्तिमा ९ विकेटको गुमाएर १०६ रन जोडेको छ ।
यसअघि पनि १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो ।