शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

‘घुम्तीमा जुधेको आँखा’ भन्दै आए नायिका मिरुना र रोशन

आइतबार, बैशाख १७ २०८०

काठमाडौं – गायक सुनिल गिरीको घुम्तीमा जुधेको आँखा बोलको सालैजो गीतको भिडियो सार्वजनिक भएको छ । गायक गिरी स्वयंमकै शब्द तथा संगीतमा तयार सालैजो गीतमा नायिका मिरुना मगर र मोडल रोशन केसीको अभिनय रहेको छ । मोडल रोशनसँग गायक गिरीको यो दोस्रो सहकार्य हो । यसअघि गायक गिरीकै बहुचर्चित गीत जुम्ला गीतमा रोशनको अभिनयको चर्चा भएको थियो । रोमान्टिक शैलीमा तयार पारिएको घुम्तीमा जुधेको आँखा एक प्रेमील जोडीको प्रेम कथा हो ।

जसलाई अनिल कृष्ण मानन्धरले निर्देशन गरेका हुन् भने नृत्य निर्देशन मौसम हिमालीले गरेका हुन् । मनोज कार्कीको सम्पादन तथा कलरिङ, कृष्ण बिक भान्जाको एरेन्जमा तयार भएको गीतको छायांकन निर्देशक अनिल स्वयंले गरेका हुन् । गायक गिरीकै कन्सेप्टमा तयार भएको भिडियो सुनिल गिरी अफिसियलबाट सार्वजनिक गरिएको हो ।

भिडियो लिंक