बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

चार मिनेट ढिलाले परिक्षाहलमा प्रवेश नपाउदा ‘आत्महत्या’

मंगलबार, जेष्ठ २२ २०७५

एजेन्सी–

आइतबार आयोजित लोकसेवा परीक्षामा प्रवेश नपाएपछि भारतका २८ वर्षे छात्रले झुण्डिएर आत्महत्या गरेका छन् ।

कर्नाटकका २८ वर्षे  छात्र वरुण उत्तर दिल्लीस्थित पहाडगंज परीक्षा केन्द्र पुग्न ढिला भएपछि उनलाई परीक्षामा समावेश हुन नदिएपछि उनले राजेन्द्र नगरस्थित भाडाको कोठामा आत्महत्या गरेको पुलिसले जानकारी दिएको छ ।

स्रोतका अनुसार वरुण आइतबार पहाडगंजको केन्द्रमा पुग्नुको साटो अन्य सेन्टर पुगेका थिए । सेन्टर गलत भएको थाहा पाएपछि उनी ९ बजेर २४ मा आफ्नो सेन्टर सर्वोदय बाल विद्यालय पुग्दा उनलाई चार मिनेट ढिलो भयो भन्दै प्रवेश गराइएन । त्यहाँ उपस्थिती पुलिसकर्मी र सेन्टर सुपरिन्टेन्डेन्टलाई आग्रह गर्दासमेत उनले परीक्षामा प्रवेश हुन नपाएपछि भाडाको कोठामा फर्किएपछि आत्महत्या गरेको बताइएको छ ।

पुलिसले घटनास्थलबाट सुसाइड नोट पनि बरामद गरेको छ जसमा उनले आफ्नो परिवारलाई माफी दिन र बिर्सिदिन बिन्ती गरेका छन् ।

परीक्षाका लागि उनले निकै लामो समयदेखि तयारी गरिरहेको बुझिएको छ ।