एजेन्सी – राजस्थान रोयल्स चेन्नई सुपर किंग्सलाई ३२ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) को शीर्ष स्थानमा उक्लिएको छ। बिहीबार भएको खेलमा राजस्थानले चेन्नईलाई ३२ रनले पराजित गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २ रन बनाएको थियो। जवाफमा चेन्नई १७० रनमा समेटिएपछि राजस्थानले ३२ रनको जित निकालेको हो।
राजस्थानका लागि ओपनर यशस्वी जैशवालले सर्वाधिक ७७ रन बनाउँदा धुर्व जुरेलले ३४ रन बनाए। त्यस्तै, जोस बटलर र देवदत पाडिकलले समान २७-२७ रन बनाएका थिए। कप्तान सन्जु स्यामसन १७ रनमा आउट भए।
जवाफी ब्याटिङ गरेको चेन्नका लागि शिवम् दुवेले १५ रन बनाउनु सर्वाधिक रह्यो। त्यस्तै ऋतुराज गाइकवार्डले ४७ रन बनाउँदा मोयन अली र रविन्द्र जडेजाले समान २३-२३ रन बनाएपनि टिमको हार टार्न सकेनन्।
जारी आइपिएलमा राजस्थानले पाँचौँ जित निकाल्दा चेन्नईको यो तेस्रो हार हो। हारका बाबजुत चेन्नई राजस्थान समान १० अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ।