बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

खेल रद्ध हुँदा अंक बाँडेर नेपाल एसीसी कपको सेमिफाइनलमा

सोमबार, बैशाख ११ २०८०

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बर्षाका कारण मूलपानी मैदानमा बिहान ९ बजे सुरु हुनुपर्ने खेल हुन नसकके पछि साउदीसँग अंक बाडेर नेपाल समुह एबाट सेमिफाइनलमा प्रवेश गरेको हो  ।

भारी वर्षासँगै बिहान ८:३० बजेमा हुनु पर्ने टस १२ बजेसम्म पनि हुन नकसे पछि खेल रद्ध गरेर  नेपाल र साउदी अरबले अंक बाँडेका हुन ।

आजको यो निर्णयसँगै तीन खेलबाट नेपालले पाँच अंक पुर्‍याएको छ भने २ अंकसहित साउदी अरब चौथो स्थानमा छ ।